आज :

इजरायलबाट उद्दार गरिएका १८ नेपाली दिल्ली पुगे, ५ जनाको शव आइतबार नेपाल ल्याइने

  • अनलाइन डबली

काठमाडौं । इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका हुन् ।

म्ांगलबार राती भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको स्पाइस जेटको विशेष विमानमाबाट भारत सरकारसँग समन्वय गरी १८ जना नेपाली नागरिकलाई पनि पठाएको इजरायल,तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्धार गरी ल्याईएका १८ जनामध्ये १४ जना र ४ पुरुष महिला रहेका छन् । जसमा प्रतिभा रौनियार, नन्दसिंह भुल, आतिश गुरुङ, अनुमा डंगोल, हिना खाँड, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, जुनु गुरुङ, राजकुमार मानन्धर, ममता थापा, दिलकुमारी अधिकारी कार्की उर्मिला रावल, निश्चल श्रेष्ठ, सरिता गुरुङ, स्मिता बस्नेत, उर्मिला श्रेष्ठ ,अम्बिका सुवेदी, र लक्ष्मण दुलाल रहेका छन् ।

मंगलबाराति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरुलाई गड्डाचौकी नाका हुँदै महेन्द्रनगर ल्याइने बताईएको छ ।

विद्रोही समुह हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्धग्रस्त स्थानका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २ सय ५४ जना नागरिकको उद्धार गरेको थियो ।

यस्तै, दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच नेपालीको शव तीन दिनभित्र नेपाल पठाउने तयारी गरिरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

गत आइतबार पहिचान खुलेको पाँच जनाको शवलाई स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको हो ।

जसमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, बौनिया–३ कैलालीका आशिष चौधरी,जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टको शवलाई नेपाल पठाउने दूतावासले उल्लेख गरेको छ । दुई देखि तीन दिनभित्र शव स्वदेश पठाउने दूतावासले जनाएको छ । बाँकी पाँच नेपालीको पहिचान खुल्न बाँकी रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal