आज :

हुम्लामा भारतिय राजदूतको भव्य स्वागत,सर्केगाड र चंखेलीमा पुस्तकालय भवन उद्घाटन, थप सहयोगको प्रतिबद्दता

  • अनलाइन डबली

हुम्ला । नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तव मंगलबार हुम्ला भ्रमणमा रहेका छन् । आज बिहान सर्केगाड गाउँपालिकाको १ नम्बर वडा जैर स्थित श्री सरस्वती माध्यमिक विद्यालयको नव निर्मित पुस्तकालय भवनको उद्घाटन गरेको शिक्षक मिनराज रावतले बताएका छन् ।

विकासका लागि ऐक्यबद्ध महिला संस्थाको पहलमा भारतिय राजदूतावासले २०७४ सालमा निर्माण गरेको भवन राजदूत श्रीवास्तवले उद्घाटन गर्दै आवश्यक थप सहयोगको प्रतिबद्धता जाहेर गरेका छन् । २०७१ सालमा पुस्तकालय निमार्णको लागि पहल गर्दाको समयलाई स्मरण गर्दै राजदुत श्रीवास्तवले भने,“त्यो समयमा अध्यक्ष कुसुम रावत जी र सल्लाहकार कृष्ण रावतले अनुरोध गरेअनुसार कामलाई अगाडी बढाएर निर्माण गर्यौं, अरु आवश्यक पर्ने विषयको लागि फेरी पनि पाल्नुहोला सहयोग गर्छौं ।

 

श्रीवास्तवले नेपाल र भारत एक असल छिमेकी मित्र राष्ट्र भएको र एक–अर्कोमा सधै सहयोग अनि सहकार्य हुनुपर्ने धारणा राखे । सो कार्यक्रममा सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले शिक्षा क्षेत्रको विकासका लागि राजदूतावासले गरेको सहयोग अमूल्य रहेको बताए । रोकायाले नेपाल र भारतको सम्बन्ध सदियौंदेखि मित्रवत रहेको र भावि दिनमा पनि रहने विश्वास गर्दै भाईचाराको सम्बन्ध अझ मजबुत बनाउनु पर्ने धारणा राखे । पुस्तकालय भवन र एम्बुलेन्स सहयोग गरेकोमा विकासका लागि ऐक्यबद्ध महिलाकी अध्यक्ष कुसुम रावतले भारतिय राजदूतावासलाई धन्यबाद दिइन् ।

सो कार्यक्रममा सो संस्थाका सल्लाहकार कृष्ण रावत, चंखेली गाउँपालिका अध्यक्ष प्यारिलाल शाही,वडा न.१ जैरका वडा अध्यक्ष बल कार्की लगायतको उपस्थिति रहेको थियो । जैरको पुस्तकालय उद्घाटन गरे लगत्तै राजदूतसहितको टोली चंखेली स्थित महादेव माविको पुस्ताकालयको उद्घाटन गरेका चंखेली गाउँपालीका अध्यक्ष प्यारीलाल शाहीले बताएका छन् ।

आजै उत्तरी छिमेकी चीनको तिब्बतसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमि लाप्चाको भ्रमण गरेर कैलाश मानसरोवर दर्शन गर्न जाने तालिका रहेपनि मौसमको खराबीको कारण मुगु स्थित रारा ताल गएको र बुधबार पुनः हुम्ला हुँदै कैलाश मानसरोबर लाग्ने सर्केगाड पालिका अध्यक्ष रोकायाले बताएको छन् ।

राजदूत र दूतावासका प्रमुख सचिव करुण वंशललाई अध्यक्ष रोकायाले मायाको चिनो हस्तान्तरण गरेका थिए । स्थानिय बाजागाजासहित झाँकीद्वारा हुम्लामा भव्य स्वागत गरिएको जैरका तरासिंह रावतले बताए ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal