काठमाडौं । सरकारले इजरायलबाट थप १९ जनाको उद्दार गरेको छ । हमास र इजरायलबीच युद्ध सुरु भएपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो। उनीहरुलाई भारतीय विमानमार्फत् उनीहरुलाई इजरायलबाट फिर्ता ल्याइएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्दार विमानमार्फत् थप १९ नेपाली स्वादेश फिर्ता भएका छन् ।
मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।
इजरायलबाट उद्दार गरिएकाहरु गौरीफन्टा नाका भएर कैलाली आउने बताइएको छ । उनीहरुलाई कैलाली जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको छ ।
सरकारले उद्दार गरेको नेपालीको नामः
१. नन्दसिंह भुल
२. सुजेन्द्र खड्का
३. प्रतिभा रौनियार
४. अनुमा डंगोल
५. हिना खाँण
६. आतिस गुरुङ
७. जुनु गुरुङ
८. मौसमी पाख्रिन
९. प्रतिमा तिम्सिना
१०. राजकुमार मानन्धर
११. संगीता दुलाल
१२. उर्मिला रावल
१३. ममता थापा
१४. दिलकुमारी अधिकारी कार्की
१५. निश्चल श्रेष्ठ
१६. समिता बस्नेत
१७. अम्बिका सुवेदी
१८. सरिता गुरुङ
१९. उर्मिला श्रेष्ठ