आज :

एनआरएनए केसी समूहको ११ औं महाधिवेशन आजबाट, अध्यक्षमा चार जनाको दाबी 

  • अनलाइन डबली

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी समूहको ११ अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । कात्तिक ३ गतेसम्म काठमाडौँमा आयोजना गरिएको महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडैलले गर्दैछन् ।

१० औं महाधिवेशनमा नीति र नेतृत्व चयनबारे भएको विवादका कारण एनआरएनए विभाजन भएको थियो । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भएको सहमति केसी समूहले कार्यान्वयन नगरेपछि एकता हुन सकेन ।

अघिल्लो महाधिवेशनमा कुल आचार्यलगायत विश्वभरबाट महाधिवेशनका सहभागी भएका प्रतिनिधिको भावना विपरित जान खोजेपछि विवाद सुरु भएको थियो । एनआरएनए चयनका विषयमा कुरा नमिलेपछि आ‍चार्यलगायतले छुटै टीम तयार गरेपछि विनोद कुँवरको नेतृत्वमा अर्को अन्तर्राष्ट्रिय समिति बन्यो ।

आचार्य समूहमा फेरि पनि अध्यक्षमै विवाद भएपछि तीन जना अध्यक्ष बनाइयो । आलोपालो प्रणाली अनुसार पहिलो कार्यकाल कुल आचार्य, दोस्रो कार्यका रविना थापा र अहिले बद्री केसी अध्यक्ष रहेका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा प्रवक्ता सोम सापकोटाका अनुसार असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ ।

कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने सापकोटाले जानकारी दिए । ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ हुनेछ ।

अध्यक्षमा फेरि पनि चार नेताको दाबी गरेका छन् । वर्तमान अध्यक्ष बद्री केसी र रविना थापाले पुनः दोहोरिन चाहेका छन् । त्यस्तै, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । ६ जना उपाध्यक्षको लागि १८ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal