आज :

दशैंको मुखमा आकासियो हरियो तरकारीको मूल्य

  • अनलाइन डबली

काठमाडौं । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य आकासिएको छ ।

हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ ।

परवलमा १०,मकै बोडि १०,भन्टामा ५ ,काउलीमा प्रतिकेजी १०,काँक्रोमा १० रुपैयाँ  घट्दा रातो मूलामा १० रुपैयाँ,तने बोडिमा १०, मटरकोशामा ५०, घिउ सिमी १०, कन्य च्याउ ५०,राजमा सिमीमा ३०,भटमासकोशा २०, रायो सागमा ३० रुपैयाँ मूल्य बढेको छ ।

यस्तै, भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी हिजोको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकेजी ३० रुपैयाँ र सानो गोलभेँडाको पनि ५ रुपैयाँ मूल्य घटेर २५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ ।

यस्तै, आलु रातो ६० रुपैयाँ,सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ ।

आज,प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०,स्थानीय काउली ९०,रातो मूला ७०,लोकल सेतो मूला ३०,भन्टा लाम्चो ३५,तने बोडी ११०, मकै बोडी ८०,मटरकोशा २००,घिउ सिमी ५०,राजमा सिमी २२०,भटमासकोशा ७०,तितो करेला ६०,लौका ६०,परवल ६०,घिरौँला ९०,फर्सी पाकेको ४०,हरियो फर्सी ५०,भिन्डि ७०, बरेला ७०,रायो साग ८०,तोरीको साग ४०,कन्य च्याउ १५०,डल्ले च्याउ ४००,कुरीलो ५०० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ हिजोको तुलनामा ५० रुपैयाँ बढेर ३५० पुगेको छ । केरा १४०,कागती १२०,अनार ४००, कालो अंगुर ४००,सुन्तला भारतीय १३०,तरबुजा ६०,मौसम १२०,मेवा नेपाली ६०,किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal