आज :

मनसुन जानेबेला असिनापानीले क्षति, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • अनलाइन डबली

काठमाडौं । मनसुन बाहिरिन लाग्दा असिनापानीले किसानको बालीमा क्षति पुर्याएको छ । अझै केही क्षेत्रमा बाली भित्र्याउन बाँकी रहेको र नयाँ बालीमा असिनापानीले क्षति पुर्याएको हो ।

जल तथा मौसम विज्ञान विभागले आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार दिउँसोे लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा मौसम आंशिक देखि सामान्य बदली हुने र बाँंकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ ।

सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा आज मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षा हुने छ । सुदूर–पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती सुदूर–पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूर–पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन हिजो रातिबाट पूर्णरुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो गरि बाहिरिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal