आज :

चाडबाडमा सरकारको उपहारः पेट्रोलमा एकैपटक ११ र डिजेलमा ५ रुपैयाँ घट्यो, महंगी पनि घट्ने

  • अनलाइन डबली

काठमाडौं । दशैं तिहारको मुखमा सरकारले पेट्रोल र डिजेलको मूल्य एकैपटक ठूलो मात्राामा घटाएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा यसअघि बढेको मूल्य फिर्ता लगिएको थियो ।

नेपाल आयल निगमले गएराति १२ बजेबाट लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले मूल्य घटाएर पठाएको थियो । निगमले सरकारबाट प्राप्त हुने ऋणबाट भुक्तानी गर्नुपर्ने अवस्था भएपनि सरकारले चाडबाडमा नागरिकलाई सहज होस् भनेर एकैपटक ठूलो मात्रामा मूल्य घटाएको छ ।

योसँगै महंगी र यातायात भाडा पनि घट्नेछ । यसले दशैं-तिहारमा नागरिकलाई केही सहज हुनेछ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

यस्तो छ नयाँ मूल्यसूचीः 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal