
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको अनुसार घटाइएको निगमले जनाएको छ ।
उपभोक्ताले अब नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजल प्रतिलिटर मूल्य १६८मा खरिड गर्न पाउने भएको छ ।