आज :

नेपालले बहराइनलाई सात विकेटे हरायो, यू १९ एसिया कप खेल्ने बलियो सम्भावना  

  • अनलाइन डबली

काठमाडौं । एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपाल विजयी भएको छ । बहराइनले नेपाललाई दिएको ७८ रनको लक्ष्य ७ विकेट बाँकि छँदै नेपालले पुराम गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन जोड्दै नेपाल सामु झिनो ७८ रनको लक्ष प्रस्तुत गरेको थियो ।

उक्त लक्ष्य पछ्याएको नेपालले ११ ओभर ४ बलमै बहराइनले दिएको लक्ष्य पूरा गर्यो ।

नेपालका लागि अर्जुन कुमाल र देव खनालको ६४ रनको साझेदारी जितका लागि उत्कृष्ट रह्यो । ३१ बलको सामना गरेका कुमालले ३२ रन र २७ बलको सामना गरेका खनाले पनि ३२ रन जोडे । त्यसबाहेक दिपक बोहराले ४ रन जोडे ।

उत्कृष्ट बलिङ गरेको नेपालका लागि बलर दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । यो जित सँगै नेपालको आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्ने बलियो सम्भावना देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal