काठमाडौँ । उप प्रधान तथा गृह मन्त्री नाराएण काजि श्रेष्ठले सरकारले चलाएको शुसाशनको अभियानलाइ रोक्न खोज्ने तत्वहरु बिरुद्द नागरिकले खबदारी गर्न जरुरि रहेको बताउनु भएको छ। महालक्ष्मी नगरपालिका स्थित सिद्दिपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको तेश्रो साधारण सभामा आयोजित कार्येक्रममा उक्त भनाइ राखु भएको हो।
मन्त्रि श्रेष्ठले भ्रष्ट र तस्करहरु यो अभियान लाइ रोक्न चाहेको र आम नेपालि जनताले अहिलेको परिपेक्ष्मा सबैले बुझेको बताउनु भयो।यी र यस्ता प्रविर्त्ति भएकाहरुलाई सम्रक्षण गर्नेहरु अहिलेको यो अभियानलाई रोक्न विभिन्न हर्कत , कसरतहरु गरिराखेका उहाले बताउनु भयो ।
सरकार यस किसिमको अवरोधलाइ सामना नगरी बिश्राम लिने पक्षमा नभएको बताउदै उहाले बताउनु भयो ‘ शुसाशन अहिलेको राष्ट्रिय आवश्यकता भएकैले यसलाई अगाडी बढ्नबात कसैले छेक्न सक्दैन। नागरिकले यस्ता हर्कतको बिरुद्द खबरदारी गर्नु पर्ने र सरकारले थालेको यो अभियानलाइ साथ् र हौसला दिन जरुरि रहेको छ। ’
बर्तमान सरकारले पछिल्लो समय भुटानी शरणार्थी काण्ड , ललिता निवास काण्ड , सुन तस्कर काण्डमा मुछिएकाहरु प्रति थालेको छानबिन ,कारवाहीको दायेरा ल्यायिदा जनता प्रति शुसाशनको प्रत्याभूत भएको केहि हदसम्म महसुस देखिएको छ।
कार्येक्रमका केहि फोटोहरु –
उपभोक्ता सस्थाका जेष्ठ सदस्यलाइ सम्मान गर्दै – मन्त्री श्रेष्ठ
उपभोक्ता सस्थाका सदस्यहरुका साथमा मन्त्री श्रेष्ठ –