आज :

केन्द्रीय मानन्धर संघको क्षमता विकास तालिम सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ  ।केन्द्रीय मानन्धर संघले १० दिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । नेतृत्व विकासदेखि प्रभावकारी ढंगले बोल्ने शैली र औपचारिक कार्यक्रमलाई सिलसिला मिलाएर सन्चालन गर्ने क्षमताको विकास गर्न तालिम आयोजना गरेको जनाएको छ । तालिम कार्यक्रमलाई काठमाडौंस्थित चस्वांद्वँ मानन्धर सनाःगू खलःको गुठीघरमा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा  संयोजन गरेको हो ।
कार्यक्रममा गृहिणी महिला, बालबालिकादेखि इन्जिनियरिङ र कानुनका विद्यार्थी, घरेलु तथा साना उद्योग सन्चालन गर्ने उद्योगी व्यवसायी, शिक्षिकाहरुको सहभागिता रहेको तालिम कार्यक्रमकी संयोजक अनुसुया मानन्धरले बताइन् ।  ‘प्रत्येक दिन दुई घण्टाको दरले सन्चालित तालिममा ३५ जना प्रशिक्षार्थीहरु सहभागी थिए । ती मध्ये बहुसंख्यक महिलाहरु थिए ।’ मानन्धरले जनाइन् ।
हुनपनि नेपालको जनसंख्याको आधा भन्दा बढी रहेका महिलाहरुलाई लक्षित गरिएको कार्यक्रमले महिलाहरुको व्यक्तित्व विकास गराएर समाजलाई सही दिशा निर्देश गर्ने क्षेत्रमा टेवा दिने अपेक्षा गरिएको छ ।

चौध देखि ७० उमेर समुहका प्रशिक्षार्थीले सहभागिता जनाएको तालिम कार्यक्रमको लागि सञ्चारकर्मी केके मानन्धरलाई प्रशिक्षणको रुपमा अनुबन्ध गरिएको थियो । त्यस्तै, सिटीईभिटीईया एसेसर म्यानेजर सुमिना मानन्धर र रेडियोकर्मी सुरेन्द्र मानन्धरले पनि सहजीकरण गरेका छन् ।
यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै १९ वडाका वडाध्यक्ष राजेश श्रेष्ठले गृहिणी महिलाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिए । उहाँले महिलाहरुलाई विभिन्न क्षेत्रको लागि सक्षम बनाउन तालिम कार्यक्रमले टेवा दिने समेत बताए । तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई महानगरपालिकाको संस्थागत प्रोत्साहन रहने जनाउँदै घरमा मात्र सीमित नभई फरक पेशा व्यवसायमा लाग्न उत्प्रेरणा दिए ।
कार्यक्रममा केन्द्रीय मानन्धर संघका सभापति मनोज कुमार मानन्धर, निवर्तमान सभापति गोपाल कृष्ण मानन्धर, उपसभापति बद्रीनारायण मानन्धर, सचिव गजेन्द्र मान मानन्धर लगायतले आआफ्नो विचार राखे ।
सामुदायिकतर्फ देशकै सबसे जेठो संस्था केन्द्रीय मानन्धर संघले ७० वर्ष यतादेखि देशभरका मानन्धर समुदाय लक्षित कार्यक्रम गर्दै आएको छ । २०१० सालमा स्थापित संघले चालू आ.व.को वजेट शिर्षकबाट काठमाडौं महानगरपालिकासँगको सहकार्यमा धाः बाजं प्रदर्शनी ११४३ सम्पन्न गरिसकेको  छ । आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा काम गर्दै आएको गैरनाफामुखी संघले उद्यमशीलता, सीप र क्षमता विकासका तालिमहरु अब उप्रान्त क्रमिक रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal