आज :

चार दशक भन्दा अगाडिबाट रोकिएको पचली भैरवको यःसिँ ठड्याइदै , यस्तो छ शुभ साइतको समय

  • बुद्धशरण शाही

काठमाडौँ  ।  चार दशक भन्दा अगाडी बात  बन्द भएको पचली भैरवको यःसिँ ( लिंगो )  १ गते  बुधबारका दिन ठड्याउने भएको छ।

काठमाडौँ महानगर पालिका  टेकु १२ वडा पचली भारव स्थित बिहान ८ : १५ को समय  यःसिँ ठड्याउने सुभसाइत जुडेको गुठियार समितिले जानकारी दिएको छ ।

जात्राका लागि शुक्रबार साँखुमाथिको जंगलबाट ४० फुट लामो  यःसिँ (लिंगो)का लागि रूख काटेर ल्याइएको हो ।

आश्विन शुक्ल तृतीयका दिन दसैं आउन लागेको जानकारी दिन लिंगो ठड्याउने परम्परा मल्लकालदेखि सुरू भएको भएता पनि विविध आर्थिक कारणले गर्दा रोकिएको  गुठियारहरु बताउछन ।

चार दशक भन्दा लामो समय बात रोकिएको  यस जात्रा परम्परालाइ पुनः निरन्तरता दिन गुठियारहरुको अनुरोधमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष चासो देखाइ सम्बन्धित निकायसंग समन्वय गरि ब्यबस्थापनको लागि आवस्यक पक्ष मिलाउने गरि हराएको परम्परालाइ पुनः जीवित गरिन लागिएको हो ।

आश्विन शुक्ल चौथीका दिन लिंगो उठाएपछि टेकुबाट सुरू गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा छ। यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ।

अष्टमीका दिन दसैंको विशेष रौनक सुरू हुँदा लिंगो ढालिन्छ। मल्लराजा जयराम मल्लले यो जात्राको सुरूआत गरेको विश्वास गरिन्छ। स्थानीय परापुव काल देखि मान्दै आएको  थकु जुजु बात  जात्राका क्रममा बिधिवत  पूजा गर्ने गरिएको छ।

श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्रा व्यवस्थापन गर्दै आएको छ। गुठीका थकाली आठ दशक पार गरिसकेका वृद्ध भएकाले युवाको नेतृत्वमा साढे चार दशकपछि यो जात्रा पुनःस्थापना गर्न लागिएको जनाइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal