आज :

आज योग कार्यशालाको दोस्रो शृङ्खला सुरु : गृह मातहतका २ सय ४५ कर्मचारी सहभागि

  • अनलाइन डबली

काठमाडौं । गृहमन्त्रालयले सुरु गरेको स्वजागरण अभियानको दोस्रो श्रंखला सुरु भएको छ ।

‘ध्यानद्वारा उर्जा जागरण कार्यशाला’ अभियानका रुपमा गृहमातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पु¥याउन भन्दै गृह मन्त्रालयले थालेको योग कार्यशालाको दोस्रो शृङ्खला सुरु भएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा आयोजित ‘ध्यानद्वारा उर्जा जागरणको दोस्रो एक दिवसीय कार्यशाला’ उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानद्वारा जीवन शैली परिवर्तन र कार्यक्षमता वृद्धीको विश्वास व्यक्त गरेका छन् ।

गृह मन्त्रालयअन्तर्गत अघिल्लो कार्यशालामा छुटेका, राजपत्र अनंकित, श्रेणीविहीन र सुरक्षाकर्मीसहित दुईसय ४५ जना कर्मचारी यो कार्यशालामा सहभागी छन् ।

यसअघि अधिकृत र सोभन्दा माथिल्ला कर्मचारीका लागि अशोज ६ गते पहिलो कार्यशाला सम्पन्न गरिएको थियो ।

कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । गृह मन्त्रालय र ‘जीवन बिज्ञान’ को संयुक्त सहकार्यमा आयोजित आज दिनभरी नै संचालन हुने योग कार्यशालामा योगाभ्यास, प्राणायम र उर्जा ध्यानबारे प्रशिक्षण हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal