आज :

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई किन गरियो निलम्बन ?

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पदबाट निलम्बन गरेकाे छ ।

असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २४ अनुरुपको काम, कर्तव्य जिम्मेवारीपूर्वक पूरा नगरेको तथा खण्ड (ख) र (घ) बमोजिमको पदीय जिम्मेवारी पूरा नगरेको तथा दफा ३७ बमोजिम मन्त्रालयका निर्देशन पालना नगरेको भन्दै शुक्रबार मन्त्रीस्तरको निर्णयबाट मन्त्रालयले बसौलालाई स्पष्टिकरण सोधेको थियो ।

सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको थियो तर बसौलाले चित्त बुझ्दो जवाफ नदिएपछि पदबाट निलम्बन गरिएको मन्त्रालको पत्रमा उल्लेख छ ।

डा. बसौलाले गैरजिम्मेवारीपूर्ण काम गरेर स्वास्थ्य बीमा बोर्डलाई हानी नोक्सानी समेत गर्न सक्ने र आफूमाथि लागेको आरोपको प्रमाण नष्ट गर्न सक्ने भन्दै स्वास्थ्य बीमा एने, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम बढीमा ३ महिनाको लागि कार्यकारी पदबाट निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय असोज २६ गतेबाट लागू हुने गरी निलम्बन गरिएको मन्त्रालयका उपसचिव कृष्ण थापाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal