आज :

१० नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ : दूतावास

  • अनलाइन डबली

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले, हिंसामा ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको जनाएको छ ।

त्यस्तै दुतावासले हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको बताएको छ  । अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको पनि दुतावासले जनाएको छ ।

विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुसँग पुनः अनुरोध गरिएको जनाइएको छ ।  नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।

दूतावासले उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिँदै इजरायलवासी सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँगको समन्वय  र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न सूचित गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal