काठमाडौं । युद्धमा फसेका नेपालीको उद्दारको लागि गएको नेपाल वायु सेवा निगमको जहाज इजरायलबाट काठमाडौँको लागि उडेको छ ।
जहाजमा २५४ जना नेपाली युवाहरु रहेका छन् ।
बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।
क्याप्टेन श्रवण रिजालले उडान भरेको जहाजमा परराष्ट्रमन्त्री एनपी साउद पनि रहेका छन् ।
स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् ।


अनलाइन डबली


