आज :

हरेक काम दिगो र विश्वसनीय हुनुपर्छ : मन्त्री ज्वाला

  • अनलाइन डबली

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कुनै पनि काम सुरु गर्दा पछिसम्म हुने दिगो हुनेगरी गर्नु पर्ने बताएका छन् ।

बिहीबार सवारी चालक अनुमतिपत्रको अनलाइन राजश्व भुक्तानीको सहितको अनलाइन सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले अनलाइन सेवालाई भरपर्दो र विश्वसनीय बनाउनु पर्ने बताए ।

उनले भने, ‘यो अनलाइन सेवालाई भरपर्दो र विश्वसनीय बनाउनु पर्ने छ । उद्घाटन गर्नु मात्र सबै कुरा होइन । भोलि सिस्टमलाई अपग्रेड गर्न सकेनौं भने, सेवा दिन सकेनौं भने हाम्रो काम प्रतिको विश्वास घट्दै जान्छ ।’

उनले यातायात व्यवस्था कार्यालय बागमती प्रदेशको एकान्त कुनाबाट सवारी चालक अनुमतिपत्र नवीकरण, वर्ग थप र राजश्व भुक्तानीको अनलाइन सेवालाई दिगो बनाउनु पर्ने बताए ।

आगामी दिनमा यो सेवामा देखा परेका समस्यालाई सुल्झाउँदै भरपर्दो बनाउने उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal