धनगढी । बझाङमा फेरि भूकम्प गएको छ । असोज १६ गते ६.३ रेक्टर स्केलको भूकम्प गएपछि पराकम्पन गइरहेको बेला फेरि ५.२ रेक्टरस्केलको भूकम्प गएको हो । यो बारम्बार गइरहने पराकम्पनमध्ये सबै भन्दा शक्तिशाली भूकम्प हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।
त्रसित स्थानीय गएराति गएको भुकम्पले झनै भयभीत बनाएको छ । मानिसहरु खुला ठाउँमा निस्केका थिए ।
यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पमा परि लथालिङ्ग बनेको बझाङमा बारम्बारको पराकम्पन गइरहेको थियो । सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो भने सयौं घरहरु नष्ट भएका थिए ।