आज :

एसियाली खेलकुद विजयी खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- विश्व रेकर्ड राखेकोमा खुशी छौं

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एसियाली खेलकुदमा नेपाली क्रिकेट खेलाडीहरुले विश्व रेकर्ड राखेर नेपाललाई विश्वमा चिनाएको बताएका  छन् । बालुवाटारमा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै प्रधानमन्त्रीले आउने दिनमा अझै ठुलो सफलता प्राप्त गर्नेगरी लाग्न शुभकामना समेत दिए ।

यसपटकको एसियाली खेलकूदमा महिलाहरुको प्रस्तुति नौलो भएको उल्लेख गर्दै आउने दिनमा अझै ठूला सफलता प्राप्त हुने विश्वास व्यक्त  गर्दै प्रधानमन्त्रीले आफु खेलाडीलाई हौसला प्रदान गर्न होङजाओ पुगेर एसियाली गेम्स उद्घाटनमा सहभागी भएको स्मरण गर्दै विजेता खेलाडीलाई उचित पुरस्कार दिने काममा आफू लागेको बताए । उनले भने, ‘केही कानुनी जटिलताले ढिलाइ हुन पुगेको हो, अब त्यसको पनि समाधान भएको छ ।’

खेल क्षेत्रको विकासका लागि सरकारको अंग आफूलाई ठानेर अघि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्रीले भने, ‘सरकारको अङ्ग म पनि हो भन्ने हामी सबैले ठान्यौं । हामीले केही अन्तर्राष्ट्रिय पदक हासिल गरेका छौं । केही मेडल ल्यायौं ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘चीन जाने बेलामा आफूले महिला सहभागिता देखेर बधाई दिएको थिएँ । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनुभयो । तपाईंहरूलाई बधाई दिन चाहन्छु । खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिएँ । नियमावली पास गरेका थियौं । आजको क्याबिनेटमा निकासाका लागि निर्णय भयो र अब एक हप्तामा त्यो आउँछ ।’

नेपालको खेल विश्वले हेरको बताउँदै क्रिकेटमा अन्तर्राष्ट्रिय रेकर्ड राखेको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघ पुगेर आए । यसपालि नेपाललाई विश्वले देखेको छ, सुनेको छ । तपाईंहरूले पनि विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नुभएको छ । तपाईंहरुको प्रस्तुतिले पनि नेपाललाई विश्वले देख्ने र सुन्ने स्थानमा पुर्याएको छ ।’ उहाँले नेपाली खेलाडीको एसियाली खेलमा गरेको प्रस्तुतिले आफूलाई खुसी र गर्वको महशुस भएको बताउनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal