आज :

काभा च्यालेन्जमा नेपाल र श्रीलंका भिड्दै

  • अनलाइन डबली

काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले आयोजक श्रीलंकासँग खेल्दैछ ।

बंगलादेशलाई हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको नेपालले आज मंगलबार श्रीलंकासँग खेल्न लागेको हो ।

कोलम्बोमा जारी प्रतियोगिता अपरान्ह सवाँ ४ बजे सुरु हुनेछ । एसियन गेम्स खेलेर फर्किएको नेपालको भलिबल टिम प्रतियोगितामा लयमा देखिएको छ ।

आईतबार नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएर सुखद सुरुआत गरेको छ ।

बंगलादेशमाथि ५ वर्षपछि जित निकाल्ने क्रममा नेपालले २५–२०, १९–२५, २५–२३, २५–२१ को सेटमा जित निकाल्यो ।

नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal