आज :

माओवादी अभियान: कालिकोटको तिलागुफामा पुल निर्माण

  • अनलाइन डबली

२३ असोज २०८० सुर्खेत ।

नेकपा(माओवादी) को अभियान टिमले कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ९,१० र ११ जोड्ने भैसेगौडामा काठेपुल निर्माण गरेको छ ।

घर–घरमा माओवादी, जन–जनमा माओवादी जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको सिलसिलामा काठेपुल निर्माण गरिएको (माओवादी केन्द्र) तिलागुफा नगर अध्यक्ष प्रेम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार आउँदै गरेको चाडपर्व (दशैं,तिहार)लाई लक्षित गरि अभियानका क्रममा काठेपुल निर्माण गरिएको हो ।

अभियानका क्रममा माओवादी कार्यकर्ताहरुले बाटोघाटो,पुल,कुलो,विद्यालय तथा स्वास्थ्य संस्थाका भवनहरु निर्माण गर्दै आइरहेका छन् । अभियानबाट जनतामा उत्साह थपिएको अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal