आज :

आज विश्व मानसिक स्वास्थ्य दिवस : दिनानुदिन बढ्दो क्रममा देखिँदै

  • अनलाइन डबली

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै छ । पछिल्लो समय मानिसहरुमा तनाव, सीमा, तुलना, संयम अनि हीनताबोध धेरैमात्रामा देख्न सकिन्छ । जसले गर्दा व्यक्ति हाँस्न ,रमाउन र बाँच्न नै बिर्सिन्छ ।
कतिपय व्यक्तिहरू डिप्रेसनको शिकार हुने गरेका छन् । यो समस्या दिनानुदिन बढ्दै गएको छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकाङ्क्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् ।

मानसिक स्वास्थ्यलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ ।

स्वास्थ्य क्षेत्रमा मानसिक स्वास्थ्य समस्यालाई विशेष गरी तीन चरणमा विभाजन गरिन्छ । यसको पहिलो, दोस्रो र तेस्रो चरण हुन्छ । तर, यी सबै चरणका मानसिक रोगीहरू परामर्श तथा औषधि सेवनबाट निको भने हुन्छन्। बढी एकान्त रुचाउने, मन स्थिर नहुने, मनको भँडासलाई कराएर निकाल्न मन लाग्नु मानसिक स्वास्थ्य समस्याको केही लक्षण हुन् । बढी तनाव दिनले पनि मानसिक समस्या हुनसक्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal