आज :

सरकार संग राष्ट्रपति पौडेललाइ भारतमा गराएको उपचार खर्च बारे कारण माग

  • अनलाइन डबली

काठमाडौं । सर्वोच्च अदालतले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिएको सम्बन्धमा सरकारसँग कारण माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले राष्ट्रपतिलाई उपचार खर्च दिनुपरेको बारेमा कारण माग गरेको हो ।

सो उपचार खर्च रद्द गराई पाउँ भन्दै अधिवक्ता विष्णुकुमार गिरीले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चको आदेशमा भनिएको छ– ‘प्रस्तुत निवेदन सरकारी कोषबाट औषधि उपचारका लागि भनी रकम निकासासँग सम्बन्धित भई छिटो निरूपण हुन पर्ने प्रकृतिको देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई पेस गर्नू ।’

राष्ट्रपति पौडेल छातीको समस्याको उपचारका लागि गत वैशाख ६ गते उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराउन जानुभएको थियो । उहाँ गत वैशाख १७ गते उपचार गराएर फर्कनुभएको थियो । सामान्य छाती दुखेको निहुँमा लाखौं खर्च गरेर विदेशमा उपचार गर्न गएपछि त्यसको चर्को विरोध भएको थियो ।

विरोध मत्थर पार्न त्यतिबेला राष्ट्रपति कार्यालयको सचिवालयले वैशाख १७ गते वक्तव्य जारी गर्दै उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्ने बताएको थियो ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको भन्दै परराष्ट्र मन्त्रालयले असार १५ गते अर्थ मन्त्रालयसँग उपचार खर्चको निकासा मागेको थियो ।

 नेपाल समाचारपत्र दैनिकमा आज  यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal