आज :

पानी उद्योगीको चेतावनी – भोलिबाट बिक्रि वितरण बन्द गर्छौं, काठमाडौँ महानगरले ज्यादती गर्यो

  • अनलाइन डबली

काठमाडौँ । नेपाल बोतल वाटर उद्योग संघले पानी बिक्रि वितरण ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौँ महानगर पालिका अनावस्यक दुख दिएको भन्दै आज महानगरको कार्यालयमा पुगेर उद्योगी ब्यबसायी तथा आवद्द मजदुरले यस्तो चेतावनी दिएका हुन् ।

खाद्य गुण नियेंत्रण निकायले नियमन गर्नु पर्नेमा हचुवा को भरमा आफ्नो मातहतका उद्योगमा महानगरका प्रहरी पुगेर अनावस्यक हस्त्क्षय्प गरि बन्द गर्ने गरेको उनिहरुको आरोप छ ।  महानगर प्रहरीले  बिर्को खोलिसकेको जारमा किरा, जीवाणु भएको देखाएर उद्योगीलाइ अनावस्यक हैरानी देखाउने , धम्क्याउने गरेको भन्दै आन्दोलनमा उत्रिनु  परेको उद्योगी ब्यबसायीको भनाइ छ ।

महानगर प्रहरीले गुणस्तर नभएको भन्दै आज  बालाजु औधिगिक क्षेत्रमा रहेको आक्वा नाइनति नाइन पानी उद्योग बन्द गरेको छ भने उद्योगीले जीवाणु भएको बिषयलाइ अश्विकार गरेका छन् । पानी उद्योगले उपभोक्ताको स्वास्थलाइ ध्यानमा राख्दै अत्याधुनिक प्रविधिबात फिल्टर गरि स्वच्छ पानी वितरण गर्दै आएको  संघका अध्क्षय धुर्व गौतमको दावी छ ।

गौतमले भने, ‘हाम्रो उद्योगले उत्पादन गरेको पानीको गुणस्तर नियेंत्रण गर्न संघको पहिलो प्राथमिकता राखेका छौ ,  बिर्को खोलि सकेको वा धेरै पुरानो बोतलमा  लेउ वा जीवाणु भएको जार / बोतललाइ  देखाएर  महानगरले हामि उद्योगीलाई हैरानी दिने कार्यालयमा बोलाएर दुर्ब्यबहार गर्ने गरेको छ , यसको हामि घोर निन्दा गर्छौ । नेपाल सरकारको खाध्य गुण नियेंत्रण मापदण्डमा रहेर हामीले हाम्रो उत्पादनलाइ स्तरिएता कायेम गर्दै आएका छौ ।’

उद्योगीले बिर्को नखोलिएको जार या बोतलमा कुनै जीवाणु , किरा , लेउ वा हानिकारक रसाइन भेत्तिए आफुहरुको जवाब देहिता हुने तर बिर्को खोलेएको वा फुटेको  जार  / बोतलमा यस किसिमको बस्तु फेला परे अमान्य हुने बताउदै आएका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal