काठमाडौँ । इजरायलमा हमासको हमालामा परी दश विद्यार्थीको ज्यान गएको छ । ‘लर्न एण्ड अर्न’ अन्तरगत सुदूपश्चिम विश्वविद्यालयबाट इजरायल गएकामध्ये १० विद्यार्थीको हमालामा परी मृत्यु भएको औपचारिक पुष्टि भएको छ ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार एक जना विद्यार्थी अझै सम्पर्कविहीन बनेका छन् भने दुई जनाको उपचार भइरहेको छ ।
त्यस्तै दुईजना खतरामुक्त रहेको बताइएँको छ ।
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमासले कृषि फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको थियो । गोली लागेपनि उनीहरुले समयमा उपचार पाएका थिएनन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएकामध्ये १७ जना यहाँ कार्यरत थिए ।
ज्यान गुमाउनेहरुमा :
१. नारायणप्रसाद न्यौपाने, धनगढी ४- कैलाली
२. गणेश कुमार नेपाली, जयपृथ्वी ६- बझाङ
३. आशिस चौधरी, बौनिया ३- कैलाली
४.दिनेशराज विष्ट, लेकम ५- दार्चुला
५.आनन्द साह, सपाही- ६ धनुषा
६. राजेश कुमार स्वारकार, मधुवन १- सुनसरी
७. राजन पुलारा, डोटी
८. पदम थापा, डोटी
९. लोकेन्द्र सिंह धामी, मालिकार्जुन ४ -दार्चुला
१०.प्रवेश भण्डारी, शरदा ३- सल्यान
उपचारमा रहेका
१. विधान सिजुवाल, सल्यान
२. प्रविन डाँगी, दाङ
३. धन बहादुर चौधरी, टिकापुर कैलाली
४. हिमान्चल कट्टेल, गोर्खा
दूतावासका अनुसार कञ्चनपुरका बिपिन जोशी सम्पर्कविहीन छन् भने सल्यानका प्रमोद केसी र कैलालीका विरेन्द्र चौधरी प्रहरीको सम्पर्कमा रहेका छन् ।
विश्वविद्यालयका कृषि विज्ञान संकायका प्रथम वर्षका विद्यार्थी हुन् । एक महिना पहिले मात्रै लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत इजरायज पुगेका थिए ।


अनलाइन डबली

