आज :

राष्ट्रिय हितभन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भयो: अध्यक्ष ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय हित भन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विद्युत विधेयक २०८० अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनको व्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नहुने भन्दै देशमा राष्ट्रिय हित भन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको बताएका हुन् ।

ओलीले भने,‘अहिले देशमा राष्ट्रिय हित भन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको छ । खेल्ने ठाउँ नहोस् जस्ले कानूनको व्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम नहोस् ।’

अध्यक्ष ओलीले विद्युत विधेयक एमाले केन्द्रित होइन देश केन्द्रित भएको दाबी गरे । उनले विधेयकबारे संसदमा प्रतिपक्षको भन्दा पनि राष्ट्रको पक्षमा बसेर राम्रो छलफल गर्ने बताए ।

उनले भने,‘यो विधेयक एमाले केन्द्रित होइन देश केन्द्रित छ । देशको हितलाई केन्द्रमा राखेर यस छलफलको आयोजना गरिएको छ । हामी संसदमा यस विषयमा राम्रो छलफल गर्छौ । हाम्रो भूमिका प्रतिपक्षको होइन राष्ट्रको पक्षमा हुन्छ । उसमा दलिय होइन राष्ट्रिय प्रश्न हुन्छ ।’

विधेयकले विद्युत विकासको आकाङ्क्क्षा उत्पादन र त्यसको बिक्रीका सबै प्रक्रियाहरूमा नेपाललाई नोक्सान नहुने उनको भनाई छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal