धनगढी । प्रधानमन्त्री प्रचण्ड आज बझाङ आउँदैछन् । हालै बझाङ केन्द्र बनाएर गएको भूकम्पले पुर्याएको क्षति र पीडितको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङ पुग्न लागेका हुन् ।
प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरबाट बझाङको लागि प्रस्ताथ गरिसकेको बताइएको छ ।
यसअघि हिजो प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितको उद्दार र राहतका कार्यलाई अगाडि बढाउन निर्देशन दिएका थिएका थिए ।
भूकम्पले पुर्याएको क्षतिको अवलोकन गर्नुको साथै प्रधानमन्त्रीले जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तरक्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।
प्रधानमन्त्री दाहालले भूकम्पबाट प्रभावित प्रतिनिधिमूलक ठाउँहरू अवलोकन समेत गर्ने छन् ।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।