आज :

एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने

  • अनलाइन डबली

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् । नेपाली समयअनुसार दिउँसो २ बजे सुरु हुने एकदिवसीय विश्वकप १३ औँ संस्करणको भारतस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुनेछ ।

विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नाई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।

तस्तै विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal