
काठमाडौँ । बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो।
मंगल बार एकै दिन ८ पटक भूकम्प गएको बझाङमा गएराति १२ : १६ बजेमा ४.१ रेक्टर स्केलको, १२ : ५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।
यसैगरी भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार १२ वटा पराकम्पन गएका थिए रेकर्ड गरिएको छ ।४ भन्दा मुनिका पनि भूकम्प गएको भएपनि रेकर्डमा राखिएको छैन।
भूकम्पको केन्द्र बिन्दु बझाङ भएका कारण बझाङसँग सीमा जोडिएका बुढीगंगा, खप्तड, छेडेदह, गौमुल गाउँपालिकामा बढी क्षति भएको हो। भुइँचालेको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो। प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पका कारण मान्छेहरू सडकमा निस्किएका थिए।
सुदूरपश्चिमका ९ वटै जिल्लाका अधिकांश मान्छे घर छोडेर त्रिपालमा बास बसिरहेका छन्। एक वर्षयता सुदूरपश्चिममा साना ठूला गरी दर्जनौं भूकम्पका धक्का महसुस गरिएका छन्।