आज :

आज विश्व पशु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा विभिन्न जनावरलाई धार्मिक दृष्टिले देवीदेवताको वाहनको रुपमा पुज्ने चलन रहिआएको छ । हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना पनि गरिन्छ ।

नेपालमा गाईलाई राष्ट्रिय जनावर घोषणा मात्र गरिएको छैन् लक्ष्मीको प्रतिक मानेर गाईपूजा गर्ने गरिन्छ । विशेष गरी तिहारमा पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई भिन्नभिन्न देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ ।

राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका गोरु र घरपालुवा जनावरप्रतिको मानवीय व्यवहार भने पछिल्लो समय क्रुर हुन थालेको छ ।

गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि वा बुढो भएपति गाई,गोरु लगायतका जनावरलाई सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएकोमा पशु संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।

यस्तै तिहारमा पूजिने कुकुरलाई पनि विरामी वा बुढो भएपछि बाहिर लगेर छोड्ने प्रचलन बढेको पाइन्छ । यस्तो प्रवृतिले ति पशुको अधिकार हनन मात्र भएको छैन् मानिसमा समेत सुरक्षा चुनौति थपिएको छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal