आज : २०८१ माघ, १०

गैरआवासीय नेपाली संघ (एनआरएनए)  सचिवमा दयानिधिको उमेदवारी 

  • अनलाइन डबली
  • २०८० आश्विन १५ गते   बिहान ११:५८ बजे

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि  एनआरएनए यूरोप उपसंयोजक  दयानिधि सापकोटाले एनआरएनए केन्द्रिय  सचिव पदमा  उम्मेदवारी दिने घोषणा गरेका छन् ।  जर्मन हुदै बेलायतमा होटल व्यबसायमा आबद्ध दयानिधि सापकोटा नेपालीहरुलाई विदेशमा रहेरपनि आबश्यक साथ सहयोग गर्ने र नेपालीलाई विदेश जाँदा तालिमको प्रवन्ध गर्ने अभियानमा संलग्न हुनुहुन्छ ।
काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं विश्व सम्मेलन तथा  अन्र्तर्राष्टिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।
बेलायत लेस्टरका सफल व्यवसायी सापकोटाले  पारदशी्र्र संगठन, जवाफदेही संस्था, एकतावद्ध एनआरएनए सबल सचिवालय उहााँको मुख्य  एजेण्डा छ ।
अहिले केन्द्रिय नेतृत्वको अग्रपक्तिमा रहेका सापकोटा  बेलायतबाट  प्रतितिधित्व गदैैं आइसीसी सदस्य र यूरोप उपसंयोजकको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको कारण उहाँको उम्मेदवारीप्रति सबैको साथ र समर्थन रहेको छ ।
स्विडेनको राजधानी स्टकहोममा सम्पन्न १४औ यूरोपियन क्षेत्रिय बैठकसहित १२औं महिला, यूवा तथा विज्ञ सम्मेलन र चेक रिपब्लिकमा आयोजित १५औं यूरोपियन क्षेत्रिय सम्मेलन सफल बनाउन उहाँले खेल्नु भएको रचनात्मक कार्य र  भूभिकाको कारण पनि यतिबेला समपकोटाले आफ्नो  उमेदवारीमा सबै सरोकारवालाहरुको साथ पाउनु भएकोछ ।
बेलायत र नेपाल दुबैतिर ्रच्यारिटीकर्म तथा नेपालको शैक्षिक क्षेत्र तथा स्वास्थ्य क्षेत्रको सुधारको लागि विभिन्न समयमा सामजिक सेवाको कामहरुसमेत गर्दे आउनुभएको सापकोटाले एनआरएनमा आफ्नो लामो अनुभव सदुपयोग गर्दैे संघको बृहत हित र नेपालको विकासमा थप काम गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।
बाग्लुङ जिल्लाको  काठेखोला गाउँपालिका  विहुँकोट ५ देउरालीस्थायीघर भएका सापकोटा  करिव १५ वर्षअघि जर्मनी हुँदै सन् २००६मा बेलायतमा व्यापार व्यवसाय गर्दै आउनुभएको छ ।

जततउकस्ररधधध।ाबअभदययप।अयmरmभककभलनभच)mभमष्बररुबततबअजmभलत)ष्म.घघढण्ढज्ञछटज्ञडढघडघछ७mभककबनभ)ष्म.mष्म।५द्दद्धअब्ब्ब्ब्द्यअध्ध्ष्ऋइच्भघ)ध्न्प्द्धीष्शयचीढ७तजचभबम)ष्म.ज्ञण्ण्ण्ज्ञघद्दघण्ठडढण्छढ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal