काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले आज अल्पकालीन अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरपालिकालाई उक्त बसपार्क नभत्काउन भनेको हो ।
बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(२)(ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१)(क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु’ सुनुवाइमा भनिएको छ ।
काठमाडौँ महानगरले उक्त बसपार्क अनुमति नै नलिइ संचालनमा ल्याउन लागिएको भन्दै बसपार्क सञ्चालन गरे डोजर चलाएर भत्काउने चेतावनी समेत उनले दिएका थिए ।
ब्यबसायीले महानगरमा आफुहरुले पटक पटक अनुमति माग्दा कुनै जवाव नदिएको आरोप छ ।
यातायातले आफ्नै खर्च १० करोड लगानीमा बस्पार्ण निर्माण गरेका हुन् । बसपार्क सञ्चालनका लागि काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकसहित पूर्वी जिल्लाका ७० भन्दा बढी स्थानीय तहको सिफारिस प्राप्त भएको छ, बागमती प्रदेशका १५ जना सांसदको सहमति रहेको यातायात प्रा लि तथा ब्यबसायीको भनाइ छ ।