आज :

१९ औं एसियाली खेलकुदमा नेपालको निकै फितलो प्रदर्शन, ११ औं दिनसम्म पदक शुन्य

  • अनलाइन डबली

काठमाडौं । चिनको ह्याङचाउमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको निकै फितलो प्रदर्शन जारी छ ।

२ सय ५३ खेलाडी पठाएको नेपालले प्रतियोगिताको ११ औं दिनसम्म आइपुग्दा पदक अंक शुन्यमा हुदा नेपाली खेल क्षेत्र निराशा मय बनेको छ ।  क्वाटरफाइनलसम्म हम्मे हम्मेले पुगेका केही खेलाडीको प्रदर्शन नै नेपालको अहिलेसम्मकै उपलव्धिका रुपमा चित्त बुझाउनु परेको छ ।

यो पटक पदकको आशा गरिएका बक्सीङ, तेक्वान्दो जस्ता खेलमा नै  पदक बिहिन हुनु पर्ने देखिएको छ ।  एसियाका ४५ देशले सहभागिता जनाएको एसियाली खेलकुदमा  बिहीबारसम्म ३३ राष्ट्रले पदक जितिसकेका छन् ।

अहिले सम्मको तालिकामा ९० स्वर्ण पदकसहित चिन अग्र स्थानमा रहेको छ । २४ स्वर्ण पदक जितेको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा जापानले १८ स्वर्ण पदक हात पार्दै तेस्रो स्थानमा रहेको  छ । यस्तै उज्वेकिस्तान, भारत र थाइल्याण्डले समान ६ वटा स्वर्ण पदक हात पारि सकेका छन् ।

अन्तर्राष्ट्रिय  क्षेत्रमा हुने नेपाली खलाडीको प्रदशन निकै फितलो हुदै जादा खेलाडीको मनोबल त घटेकै छ साथ साथै  बिगतमा नेपाललाइ पदक दिलाउन सफल राम्रा खेलाडीहरुले भबिस्य नदेखिए पछी बिदेशी नेको क्रम जारीनै छ ।

राष्ट्रीय र अन्तरराष्ट्रिय खेलमा पदक जिताउने खेलाडीलाइ सरकारले राम्रो ब्यबस्थापन गर्न नसक्दा खेलाडी विदेश पलाएनको क्षति राज्यले बेहोर्नु परेको छ । खेलकुद क्षेत्रमा देखिएको यस किसिमको नैरास्यताले भावी युवा पुस्तामा खेल प्रतिको आकर्षणमा के असर पर्ला ? यस तर्फ ध्यान दिन जरुरि छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal