
काठमाडौं महानगरपालिका र अभियानकर्ता इ विच सहमति भएको छ ।
यस्तो छ सहमति –
१.फुटपा / सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न ९९९ घण्टा देखि राष्ट्रिय सभागृहको त निरन्तर उभिएर प्रदर्शन गरिरहनु भएका अभियानकर्ता ई : र सहभागी साथीहरुको स्वास्थलाभको कामना गर्द प्रदर्शन आजैबाट स्थगित गर्ने । २.फुटपाथ / सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टौरामा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने । ३. अपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल , समय , व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि , प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न देहाय बमोजिमको समिति गठन गर्ने । क . महानगरपालिकाले तोकेका ३ जना ख . अभियानकर्ता ई को तर्फबाट तोकिएका प्रतिनिधि २ जना ग . भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना प्र . सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना ड . ट्राफिक प्रहरीको प्रतिनिधि १ जना ४. फुटपाथ सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसापीहरुका लागि महानगरपालिका भित्र कानूनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।