आज :

डाक्टर पनि सडकमाः नारा– दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, पेशा छोडौं कि देश छोडौं ?

  • अनलाइन डबली

काठमाडौं । शिक्षकपछि चिकित्सक पनि सडकमा निस्किएका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शनमा उत्रिएका हुन् ।

ड्रेसमै माइतीघरमण्डलमा जम्मा भएका चिकित्सक नाराबाजी गर्दै वानेश्वरसम्म र्यालीको आयोजना गरेका हुन् । उनीहरुले भौतिक सुरक्षाको माग गर्दै आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।

चिकित्सकहरुले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआउ, डाक्टर र बिरामीको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ? लगायतका नारा लगाइरहेका छन् । चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार लम्जुङकी एक महिलाको मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal