काठमाडौँ । १९ औँ एसियाली खेलकुद महोत्सवको उद्घाटन भएको छ । शनिबार साँझ चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा महोत्सव उद्घाटन भएको हो ।
महोत्सव उद्घाटनमा नेपाली खेलाडीहरु तथा अधिकारीहरुले राष्ट्रिय झण्डासहित मैदानमा उत्रेका थिए । खेलकुदमा ४५ देशका १२ हजार खेलाडि सहभागी हुनेछन् ।
खेलकुद महोत्सवमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन समारोहमै गएर नेपाली खेलाडीहरुको हौसाला थपेका थिए ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेको थियो । साथै राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिएको दिवा भोज कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।
प्रधानमन्त्री हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ ।