आज :

आजबाट एसियाली खेलकुदको उद्घाटन, प्रधानमन्त्री प्रचण्ड विशिष्ट अतिथि

  • अनलाइन डबली

काठमाडौं ।  आजबाट एसियाली खेलकुदको उद्घाटन हुँदैछ । एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा उद्घाटन हुन लागेको हो ।

खेलकुदमा एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ आइपुगेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । एसिया ओलम्पिक परिषद्का सदस्यमध्ये आर्मेनिया, अजरबैजान र जर्जिया भने सहभागी नहुने भएका छन् ।

खेलकुदको उद्घाटन खेलमा चीनले नेपालसहित ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड सो महोत्सव उदघाटन समारोहमा विशिष्ट अतिथिको रुपमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री ३० सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् । त्यसक्रममा हाङचौ, बेइजिङ, छोङछिङ, तिब्बत र सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै नेपाल फर्कने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal