आज :

अब गैर आवसीय नेपालीले पनि नेपाली नागरिकता पाउने, अध्यक्ष कुँवरले दिए सरकारलाई धन्यवाद

  • अनलाइन डबली

काठमाडौँ । गैर आवसीय नेपाली संघ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकताको समस्या समाधान भएको छ ।

सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेसँगै एनआरएनएको माग पूरा भएको हो ।

संशोधित नियमावलीमा गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा, बाजे, वा बज्यैको नेपाली नागारिकताको प्रमाणपत्रको आधारमा सोही जिल्ला वा विदेशस्थित नेपालीले नेपाली दूतावास वा वाणिज्य दूतावासबाटै नागरिकताको लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

नागरिकता लिने व्यक्तिले नेपाली दूतावास वा महावाणिज्य दुतावासमा निवेदन दिएपछि दुतावासका कर्मचारीले १५ दिनभित्र अनिवार्य रुपमा रायसहित परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

एनआरएनएको माग अनुसार गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउन विद्युतीय माध्यमबाट समेत निवेदन दिनसक्ने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयले प्रवन्ध मिलाउने सक्ने पनि उल्लेख गरिएको छ ।

यसैबीच एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरले गैर आवासीय नेपालीहरुको लामो समयदेखिको माग सम्बोधन गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

“अब एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता कनुन बमोजिम प्राप्त गर्न सक्नेछन् । यस सम्बन्धि नियामावली राजपत्रमा प्रकाशित भएसँगै गैर आवासीय नेपालीहरुले नागरिकता लिने बाटो खुलेको हो । नागरिकता ऐन हुँदै एनआरएनहरुले नगरिकता पाउने नियामवली राज पत्रमा प्रकाशित गर्नेसम्मको यात्रामा जोडिनु भएका सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु” अध्यक्ष कुँवर भने ।

अध्यक्ष कुँवरले प्रधानमन्त्री प्रचण्डसँगै नेपाल सरकारलाई धन्यवाद दिँदै उपलब्धीको रक्षा गर्दै अबको यात्रा वंशजको नागरिकताको निरन्तरतासहित नेपाली नागरिक सरहको हकका लागि हुने समेत बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal