Skip
आज :

सत्ता केन्द्रित सोच देश विकासका लागि वाधक : अध्यक्ष नेपाल

  • अनलाइन डबली

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेतृत्वको दृढ संकल्पको अभावका कारण देश विकास हुन नसकेको टिप्पणी गरेका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा सत्तामा सत्ता केन्द्रित सोचका कारण देश विकास हुन नसकेको तर्क गरे ।

सत्तामा जाने र आफ्नो लाभको लागि त्यसको प्रयोग गर्ने भावना माथिल्लो तहदेखि तलसम्म नै भएको उनको भनाई छ ।  उनले केन्द्रीय, प्रादेशिक, स्थानिय निकाय र विभिन्न संस्थाहरुमा आवद्ध सबै संस्थामा यस्तो प्रवृत्ति बढ्दै गएको भन्दै एउटा राष्ट्रिय र देशभक्तिको दृष्टिकोण, भावना र संकल्पको अभाव देशमा भएको बताए ।

उनले भने, ‘अहिले हाम्रो यो सबै समस्याको कारण के हो, मेरो विचारमा देश हाक्ने, देश चलाउने संकल्पको अभाव छ । देश बनाउ भन्ने भावना जति मात्रामा हुनुपर्ने थियो त्यसको अभाव छ, कसै गरी सत्तामा पुगौं, सत्तामा आफ्नो पकड बनाउ र आफ्नो लाभको लागि त्यसको प्रयोग गरौं भन्ने भावना व्याप्त छ यसको असर हामी माथि मात्रै होईन्, तलसम्म देखिन्छ ।’

यस्तै, उनले राजनीतिक पार्टी, नेताहरुले आफूमा रहेका कमि कमजोरीलाई मनन गर्दै समस्या समाधान गर्न गम्भीर हुनु पर्ने पनि बताए । उनले भने, ‘राजनीतिक पार्टी, नेताहरुले आफूमा रहेका कमि कमजोरीलाई मनन गर्नुपर्छ । समस्या समाधान गर्न गम्भीर छौ कि छैन् भनेर आफैसँग प्रश्न गर्नुपर्छ ।

हाम्रा कमजोरीहरुलाई महशुस गर्नुपर्छ त्यसो गर्दा हामी कमजोर होईन्, सबल हुन्छौ। हामी साच्चि नै गम्भीर भएर लाग्ने हो भने नेपालको समस्याको समाधान निकाल्न सकिन्छ । यो देशमा जुन प्रकारको संकटका बादलहरु छन् त्यसप्रति हामी गम्भीर भएर लाग्नु पर्छ । ’

कम्युनिष्ट पार्टीहरुले मात्रै समस्याको गहिराईमा गई समस्या समाधान गर्न मेहेनत गर्न सक्ने भन्दै कम्युनिष्ट पार्टीले मात्रै वैज्ञानिक समाधानको उपायको खोज्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal