आज :

साफ यू–१९ च्याम्पियनसिप ः घरेलु टोली नेपाल पाकिस्तानसँग १ शून्यले स्तब्ध

  • अनलाइन डबली

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल १ शून्यले स्तब्ध भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मध्यान्तर अघिसम्म गोलरहित बराबरी खेलेको नेपाललाई पराजित गर्न पाकिस्तानका लागि अली जफ्फरले ७५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले खेलको ७५ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाएका हुन्।
पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरेका थिए।

खेलको नवौँ मिनेटमा मुहम्मद अदिल योउनासको फ्री किक पोष्टको माथिबाट बाहिरिएको थियो। ११ औं मिनेटमा कुशल देउवाको पासमा समिर तामाङको प्रहारले पोष्टको गति लिन सकेको थिएन।

२७ औं मिनेटमा शाह जहानको फ्रिकीक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाएका थिए ।

नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले यो प्रतियोगिता सन् २०१५ मा जितेको थियो । यसबीचमा यू–१९ स्तरीय साफ च्याम्पियनसिप आयोजना भएको थिएन ।

सन् २०१७ र २०१९ मा साफ यू–१८ च्याम्पियनसिप भएको थियो भने सन् २०२२ मा साफ यू–२० च्याम्पियनसिप आयोजना भएको थियो । नेपालले सन् २०१७ मा आयोजना भएको साफ यू–१८ च्याम्पियनसिप पनि जितेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal