Skip
आज :

सेवा प्रवाहमा प्रहरीको आचरण र व्यवहार सुधार्नुपर्छ : महानिरीक्षक कुँवर

  • अनलाइन डबली

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहर सुधार गर्दै लैजानुपर्ने बताएका छन् ।

कुँवरले नेपाल प्रहरीले गर्ने काम कारवाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीभित्र सरुवा मापदण्डअन्तर्गत पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको उल्लेख गरे ।

कुँवरले भने, ‘प्रहरीभित्र सरुवा मापदण्ड सिनियर अफिसरदेखि कार्यलय सहयोगीसम्मको मापदण्डको त्यही अनुसारको विधिका गएका छौं । यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ । यो कारणले पनि प्रहरीको मनोबल बढेको छैन । अहिले जो ढोका चार्न सक्दैन, जो शक्तिमा हुँदैन जो पहुँचमा सक्दैन ती व्यक्तिहरूले स्थान नपाएको अवस्था छ । यसको लागि प्रहरीले आफ्नो आचरण र व्यववहार सुधार गर्नुपर्छ ।’

महानिरीक्षक कुँवरले प्रहरीमा सुन्ने सहनशिलता हुनुपर्ने र बेला बखतमा प्रहरीलाई लाग्ने गरेको आरोपप्रत्यारोप सहन सक्नुपर्ने बताए ।

उनले सबै कुराहरूलाई स्वीकार गरेर जाने सन्दर्भमा पहिले आफू भित्रको समस्या नै समाधान गर्नुपर्ने बताए । महानिरीक्षक कुँवरले बिशुद्ध व्यावसायिक बन्न सक्यो भने आम नागरिकलाई सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal