Skip
आज :

शिक्षक आन्दोलनः आजबाट देशभरका सामुदायीक विद्यालय बन्द, ७० लाख विद्यार्थी पढ्नबाट बञ्चित

  • अनलाइन डबली

काठमाडौँ । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि आजबाट देशभरका सामुदायीक विद्यालय पूर्णरुपमा बन्द हुने भएका छन् । यसबाट देशभरका ७० लाख भन्दाबढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू काठमाडौं आएका छन् । विहीबारबाट सुरु भएको आन्दोलन  सुरु भएपनि सार्वजनिक बिदा भएका कारण आजबाट विद्यालय पूर्णरुपमा बन्द हुने भएका हुन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका हुन‍् । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुनेछ ।

शिक्षकहरुले सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा पछि बिदाका दिनमा पनि विद्यालय खुला गरेर पठाउन बताएका छन् ।

सरकारले शिक्षकहरुलाई वार्तामा बोलाएको छ तर सरकार र शिक्षकबीच वार्ताको वातवरण बन्न सकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal