आज :

साफ यू–१९ च्याम्पियनसिप: उपाधि जित्ने नेपालको लक्ष्य

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।

बिहीबारदेखि काठमाडौंमा हुने प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक सुनिल श्रेष्ठले, समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए ।

‘हाम्रो लक्ष्य भनेको पहिलो राउण्डबाट जितेर दोस्रो राउण्डमा जानु पर्यो दोस्रो राउण्डमा पुगेपछि फाइनल जित्नु पर्यो ।’, उनले भने ‘ बाहिर पनि राम्रो राम्रो खेलाडिलाई बोलाइरहेको छ । त्यो पनि यीनीहरुको लागि मोटिभेसन् हो । अहिले जस्तो प्रर्दशन देखाइरहेको छ । राष्ट्रिय टोलीमा पनि केहीले अवसर पाउँछ जस्तो लाग्छ ।’

साफ यू–१९ च्याम्पियनसिप अन्र्तगत पहिलो खेलमा नेपालले बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग दशरथ रंगशालामा नै प्रतिस्पर्धा गर्नेछ । समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।

नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal