आज :

‘वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२३’का लागि नेपाली टोली थाईल्याण्ड प्रस्थान

  • अनलाइन डबली

काठमाडौं । सेप्टेम्बर २० र २१ तारिकमा हुने ‘थर्ड वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२३’ भाग लिन नेपाली टोली थाईल्याण्ड प्रस्थान गरेको छ । सोमबार संवाद डबलीमा नेपाल सिन्दो काइकन कराते एसोसियसनले विदाई अघि पत्रकार सम्मेलन गरि विश्व च्याम्पियनसिप तथा सम्मान कार्यक्रममा भाग लिने जनाएको छ ।

वल्र्ड मार्शल आर्टीस्ट काउन्शीलले आयोजना गर्न लागेको सो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रममा नेपाल सिन्दो काइकन कराते एसोसियसनले भाग लिने महासचिव जगत धामीले बताए । धामीले आफूहरुले प्रतिस्र्धामा भाग लिनुका साथै नेपाली कला–संस्कृति र पहिचान झल्किने झाँकी तथा नेपालको राष्ट्रिय झण्डा फहराउने जानकारी दिए । थाईल्याण्डको सो कार्यक्रम सम्पन्न गरिसकेपछि मलेसियामा २४ तारिखमा हुन लागेको इन्टरनेशनल गोल्डेन अवार्ड कार्यक्रममा पनि सहभागी हुन लागेको महासचिव धामिले बताए ।
मलेसियामा हुने अवार्ड कार्यक्रममा युकेको द मिक्स मार्श अर्ट काउन्शीलले नेपाल सिन्दो काईकन एसोसियसनलाई अवार्ड प्रदान गर्ने पनि आयोजकले जानकारी दिएको छ ।

सो एसोसियसनका अध्यक्ष सविन खड्काले खेल जगत देशको अभिन्न अंग भएकोले राज्यले त्यसलाई प्रोत्सहान दिनु पर्ने धारणा राखे । अध्यक्ष खड्काले खेलडीहरुले नेपालको राष्ट्रियता र पहिचानको लागि चाउचाउ मात्रै खाएर लडिरहँदा पनि सरकारले वास्ता नगरेको गुनासो गरे । खड्काले आफूहरुको सहभागिता देशका निम्ति भए पनि व्यक्तिगत लगानिमा बाहिर जानुपर्दा निकै दुःख लागेको बताए । पत्रकार सम्मेलनमा उपाध्यक्ष द्वोय वीरबहादुर कडायत र यमुना प्रसाद काफ्लेले आफूहरुले पूर्ण हौशलाका साथ प्रतिस्पर्धामा सहभागि हुने र अको वर्ष ‘फोर्थ वल्र्ड मिट इन्टरनेशनल अवार्ड–२०२४’ नेपालमा आयोजना गर्न पहल गर्ने धारणा राखे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal