
विभिन्न सञ्चार माध्यमहरुमा नेपाल वाय सेवा निगमको जहाज ९ एन – ए के एक्स ग्राउण्डेड भएको समाचार बाहिरिए पछी निगमले ध्यानाकर्षण गर्दै बिज्ञप्ति सार्वजनिक गरेको छ ।
निगमले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – “ वायुयान एक विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हने यान्त्रिक वस्त भएकोले यसका विभिन्न पार्टपु र्जामा बेला बखत समस्याहरु आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मत सम्भार पश्चात नियमित उडान सञ्चालन गर्न एक सामान्य अभ्यास रहि आएको छ । समस्याको प्रकृति र उपलब्ध साधन स्रोतको आधारमा सामान्यत जहाज केही समयभित्र नै मर्मत सम्भार सकि उडान योग्य हुन् सन्छ भने कहिलेकाहि धेरै समय लाग्न सक्छ ।
निगमको CAAN Approved Aircraft Maintenance Program (AMP) Manual अनुसार नियमित २४ सय घण्टा उडान अवधि वा १२ उडान चक्र वा ३६ महिना मध्ये जुन पहिले आउछ त्यहि अनुससार इन्जिनको वोरोस्कोप परीक्षण जहाजको Aircraft Maintenance Manual (AMM)- अनुसार १२ मार्च २०२३ मा वोरोस्कोप परीक्षण पश्चात सामान्य Material loss देखिएको कारण अर्को वोरोस्कोप परीक्षण गर्ने अवधि अनुसार ६ सय घण्टा उडानमा झारिएको थियो । सोही अनुसार १४ जुलाई २०२३ मा फेरी उक्त इन्जिनको वोरोस्कोप परीक्षण गर्दा पहिले भन्दा अलि वढि Material loss देखिएको कारण इन्जिन निर्माता कम्पनीको सुझाव समेतको आधारमा १० उडान चक्र भित्र मर्मतमा इन्जिन मर्मत गर्न लैजान७३घढसपर्ने अवस्था देखिएकोले मर्मत कम्पनीमा लैजान ४ उडान चक्र बाँकी राखी ९ एन -ए एल के जहाज ग्राउन्डेड गरिएको थियो । उक्त जहाज ग्राउण्डेड जुन १२ २०२३ मा नै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुल्ला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो । नियम अनुसार छनौट भएको एम आर ओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीज संग लिज सहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ ।
जहाजको इन्जिन मर्मत गर्नु पर्ने पुर्व सुचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ ,वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नु पर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको थियो । यस सम्बन्धमा ई एच एम सर्भिस प्रोभिदर कम्पनीले पनि इन्जिन हेल्थ मोनिटरिङ बाट इन्जिनको Internal Deterioration सामान्य जानकारी दिए पनि इन्जिन डाउन गरी मर्मतमा पठाउन पर्ने अवस्थाको निर्णायक स७त्रगयतसचना दिन नसक्ने जनाएको छ ।
दशैं तिहार जस्ता यात्रको चाप बढ्ने सिजनलाई मध्यनजर गर्दै निरन्तर ताकेता पश्चात्उ एम आर ओ कम्पनीले मर्मत गर्न पर्ने इन्जिन फेरबदल गर्नको लागि १८ सेप्टेम्बर २०२३ का दिन उपलब्ध गराइसकेको हुँदा आज राति ११;३० वजे इजरायल उडान गर्नेछ । मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्टेम्वरमा जहाज काठमाडौं अवतरण गर्ने व्यहोरा जानकारी गराइन्छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन् गइ यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगम क्षमाप्रार्थी छ ।
निगममा कार्यरत जिम्मेवार प्रविधिक एवं अन्य कर्मचारीहरुले जुन मेहनत, लगनशिलता र
इमान्दारीता पुर्वक काम गरेका छन् उक्त योगदानको उच्च कदर गर्दै निगमको हितमा अहोरात्र
खटिई कार्य सम्पादन गर्दागर्दै वास्तविकता बुझ्ने प्रयास नगरी, वस्त यथार्थ नकेलाइ निगमको साखमा आँच आउने तथा कर्मचारीको मनोवल गिर्ने गरी आधार विहिन ढंगले प्रचार प्रसार नगरीदिन हुन् सम्वद्द सवैमा आग्रह गरिन्छ । ”