
नेपालगंज । आज थारु समुदायले उल्लासका साथ अट्वारी पर्व बनाउँदैछन् । थारु समुदायले मनाउँदै आएको यस पर्वको अबसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
दूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन् ।
यो पर्व थारु समुदायको मौलिक हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरेर अट्वारी मनाइँन्छ ।