
काठमाडौँ । सेवाग्राहीले चिकित्सकलाई कुटपटि गरेको विरोधमा हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।
हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई सेवाग्राहीले बिरामीको उपचारमा लापरवाही गरेको भन्दै कुटपिट गरिएको थियो ।
दोषीलाई कारवाही गर्न ढिलाई गरेको भन्दै हेटैडा अस्पताल चिकित्सक र अन्य अस्पतालमा कार्यतर स्वास्थ्यकर्मीहरुले सामुहिक राजिनामा दिएका हुन् । उनीहरुले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएका छन् । सेवामा सुरक्षाको वातावरण नभएको भन्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।
दोषीलाई कारवाही नभएसम्म सेवामा नफर्किने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अडान छ ।
हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा निधन भएको थियो । उनलाई डेंगु संक्रमण भएको थियाृ । प्रधानका आफन्तहरुले बुधबार दुई चिकित्सकमाथि हातपात तथा कुटपिट भएको थियो ।
प्रहरीले प्रधानकी घटनामा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले आजै पक्राउ गरिसकेको छ ।