आज :

काठमाडौ तथा ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा विद्युत आपूर्ति अवरुद्ध हुने

  • अनलाइन डबली

काठमाडौ तथा ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले जारी गरेको सुचना अनुसार  टेकु–स्युचाटार ६६ केभी प्रसारण लाइन १३२ केभीमा चार्ज गर्ने कार्यका लागि विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार भदौ २९ गते शुक्रबार बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत रहेको रिङ मेन,ताहाचल,चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक,बागमती, रिङ रोड भैसेँपाटी र टेकु सबस्टेसन अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

यस्तै,रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहर प्रभावित हुने र पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने जनाइएको छ । यस्तै,भदौ ३० गते शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार पाटन प्रसारण लाइन सटडाउन हुने छ  ।

यस अन्तर्गत पर्ने पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्रमा पर्ने फिडरहर प्रभावित हुने र विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ । भदौ ३० गते शनिबार नै दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार केभि प्रसारण लाइन अन्तर्गतका क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुनेछ ।

 वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति प्रभावित रोक्ने प्रयास गर्ने समेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal