काठमाडौं । प्रधानमन्त्रीले प्रचण्डले राष्ट्रिय झण्डा ओडाएसँगै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अन्त्येष्टी गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेम्वाङको अन्त्येष्टीमा पशुपति आर्यघाट पुगेर झण्डा ओडाएका हुन् ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको थियो ।
छोराहरु विदेशबाट आउन ढिला गरेका कारण निधन भएको तीन दिनमा अन्त्येष्टी गरिएको हो ।
स्व.नेम्वाङको अन्तेष्टिमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति छ ।


अनलाइन डबली


