आज :

समाजवादी मोर्चाको धनगढीमा हुने सन्देशसभा फेरि स्थगित

  • अनलाइन डबली

धनगढी । समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको सन्देशसभा स्थगित भएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवाषचन्द्र निम्वाङको निधनका कारण शिर्ष नेताहरु कार्यक्रममा सहभागी हुन नसक्ने भएको कारण सन्देशसभा स्थगित गरिएको हो ।

मोर्चाको सन्देशसभाको सबै तयारी पूरा भइसकेको थियो । आज दिउँसो धनगढीमा हुने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव विप्लव, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

यसअघि पनि शिर्ष नेताहरुको व्यवस्ताकै कारण सुदूरपश्चिम प्रदेश स्तरिय सन्देशसभा स्थगित भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal